advertisement
Send Us

बुटवल पावरले १५ प्रतिशत नगद लाभांश दिने

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २७ पुस । निजी क्षेत्रको जलविद्युत् कम्पनी बुटवल पावरले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आज यहाँ सम्पन्न २२आंै वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई उक्त परिणामको लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

कम्पनीले आव २०७०÷२०७१ मा रु ३० करोड ३८ लाख नाफा गरेको छ । कम्पनीले हाल १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आधिखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

यस्तै सोही कम्पनीले ३७ मेगावाटको कावेली ‘ए’, ३० मेगावाटको न्यादी खोला जलविद्युत् आयोजना निर्माण गरिहेको छ । यस्तै सम्बद्ध कम्पनीको रुपमा ६० मेगावाटको खिम्ती, हाइड्रो कन्सल्ट, विपीसि सर्भिसेज, नेपाल हाइड्रो तथा इलेक्ट्रिक र खुदी पावर सञ्चालन गरिरहेको छ ।

यस्तै चालु आवको अन्त्यसम्म १०० मेगावाट क्षमताको तल्लो मनाङ–मस्र्याङदीको पनि निर्माण कार्य अगाडि बढाउने भएको छ । आँधीखोला जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धिको काम अन्तिम चरणमा पुगेको र केही महिनाभित्रै आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउने कम्पनीका अध्यक्ष पद्यम ज्योतिले जानकारी दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement