advertisement
Send Us

ध्वाँसे चितुवाको छाला र दाह्रा (दाँत)सहित पक्राउ

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुुन्धान ब्युरोले ‘ध्वाँसे चितुवाको छाला र दाह्रा (दाँत)सहित भूपेश शाहीलाई पक्राउ गरेको छ ।

जाजरकोट दशेरा गाविस–८ का शाहीलाई दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत ध्वाँसे चितुवाको छाला बिक्री वितरण गर्न भनी बोकी हिडिरहेको अवस्थामा काठमाडौँ गोङ्गबु लक्ष्मी टोलबाट पक्राउ गरिएको ब्युरोले आज जनाएको छ ।

उनलाई ब्युरोले सोमबार एक थान छाला र चार थान दाह्रा (दाँत) सहित पक्राउ गरिएको हो ।

निज शाहीलाई दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसुची १ बमोजिम कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँमा बुझाइएको जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement