advertisement
Send Us

आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख सहयोग

Click Link to Send:
Click Link to Send:

iodine saltकाठमाडौँ, २४ पुस । भारतले नेपालमा आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख ५० हजार सहयोग गरेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयमका सचिव नारायणगोपाल मलेगोलाई सो रकमको चेक नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्तान्तरण गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा चालु आवका लागि आयोनुनका लागि रु छ करोड ९० लाख भारतीय सहयोग गर्ने सहमतिअनुरुप पहिलो किस्ताका रुपमा सो सहयोग दिइएको हो ।

कण्ठरोग निवारण कार्यक्रमअन्तर्गत भारतले सो सहयोग दिएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत भारतबाट आयोडिनयुक्त नुन ल्याउन सो रकम खर्च गरिने छ ।

Your Opinion

Opinion

advertisement
advertisement