advertisement
Send Us

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला फागुनमा भृकुटीमण्डपमा हुने

Click Link to Send:
Click Link to Send:

काठमाडाँै, २४ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आगामी फागुन २८ देखि चैत २ गतेसम्म राजधानीको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।

नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा विभिन्न जिल्लाका उद्योग वाणिज्य सङ्घ एवम् वस्तुगत सङ्घको सहआयोजनामा उक्त मेला आयोजना हुन लागेको हो ।

महासङ्घमा आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घ अध्यक्ष प्रदीपजङ्ग पाण्डेले मेलाले आर्थिक गतिविधि बढाउने, स्वदेशी वस्तु तथा उत्पादनको प्रवद्र्धन गर्ने, लुकेर रहेको सिर्जनालाई उजागर गर्ने र समग्रमा राष्ट्रिय अर्थतन्त्रको उत्थानमा सहयोग पु¥याउने बताउनुभयो ।

मेलामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय उद्योग प्रतिष्ठानको सहभागिताबाट प्रविधि तथा लगानी आकर्षणमा समेत सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तीनसय भन्दा बढी व्यापार कक्षमार्फत स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको प्रदर्शनी मेलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तान, मलेसिया, भुटान, ताइवानलगायतका देशका कम्पनीको सहभागिता रहनेछ ।

Your Opinion

Opinion

advertisement
advertisement