advertisement
Send Us

निगमले घटायो हवाई भाडा

Click Link to Send:
Click Link to Send:

सल्लेरी (सोलुुखुम्बु), २४ पुस । नेपाल वायु सेवा निगमले सोलुखुम्बुको काँगेल विमानस्थलमा आवागमनको हवाई भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेपछि निगमले सोलुखुम्बुको काँगेल विमानस्थलसम्म आउने जाने भाडामा १३१ रुपैयाँ घटाएको हो ।

यसअघि प्रतियात्रु चार हजार १३५ रुपैयाँ पर्ने हवाई टिकट चार हजार चार रुपैयाँ मात्र लाग्ने काँगेल डाँडा विमानस्थलका इन्चार्ज नारायणकाजी कार्कीले जानकारी दिनुभयो ।

यस्तै राजधानीदेखि फाप्लु विमानस्थल आउन तथा जानका लागि भाडा घटेर तीन हजार ६६२ रुपैयाँ लाग्ने भएको छ । यसअघि फाप्लु विमानस्थलका लागि भने यात्रुले तीन हजार ८०० को टिकट काट्दै आएका थिए ।

यसैबीच उदयपुर र ओखलढुङ्गा जोड्ने सुनकोसी नदीको पुल सञ्चालनमा आएसँगै राजधानी जाने तथा आउने गाडी भाडामा पनि ५०० रुपैयाँ घटाएको यातायात व्यवसायीले जानकारी दिएका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement