advertisement
Send Us

केराखेतीबाट शिक्षकलाई तलब

Click Link to Send:
Click Link to Send:

भीमदत्तनगर, २४ पुस । विद्यालयसँग रहेको साढे चार बिघा खेत भाडामा दिएर कञ्चनपुरको देखतभूली गाविसको एक विद्यालय सञ्चालन भइरहेको छ ।

कञ्चनपुरको देखतभूली गाविस–१ चान्देउस्थित रौलेश्वर प्राविले विद्यालयसँग भएको जमिन केराखेतीका लागि स्थानीय किसानलाई भाडामा दिएर विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तलब खर्च खुवाउँदै आएको छ ।

“विद्यालयका शिक्षकलाई अझै तलब पूरै चुक्ता गर्न सकेका छैनौँ”– विद्यालयका प्रधानाध्यापक रामप्रसाद जोशीले भन्नुभयो–“पाँच वर्षयता केराखेतीले स्कुलको खर्च धानेको छ ।”

सरकारी विद्यालय भए पनि जिल्ला शिक्षा कार्यालयले चार जना राहत शिक्षकलाई मात्र तलब दिएको प्रधानाध्यापक जोशीले बताउनुभयो । जम्मा नौजना शिक्षक–शिक्षिका भएको रौलेश्वर प्राविमा २३७ बालबालिका अध्ययनरत छन् ।

Your Opinion

Opinion

advertisement
advertisement