advertisement
Send Us

कृषि मेला सुरु

Click Link to Send:
Click Link to Send:

इलाम, २४ पुस । किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शनीका माध्यमबाट प्रतिस्पर्धा गराउने तथा कृषि उपजलाई बढावा दिने उद्देश्यले इलाममा आजदेखि बृहत् कृषि मेला सुरु भएको छ ।

जिल्ला कृषि विकास कार्यालय इलामको आयोजनामा कार्यालय परिसरमा गरिएको प्रदर्शनीमा जिल्लाका सुलुबुङ, गोदक, इलाम नगरपालिका, बरबोटे, नेपालटारलगायत भेगका किसानले कृषि उत्पादन राखेका छन् ।

मेलामा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँ, कोदो, तरकारी बालीतर्फ काउली, ब्रोकाउली, बन्दा, मूला, सलगम, हरियो साग, खुर्सानी, प्याज, लसुन, ओल, तरुल, इस्कुस, लौका आदिको प्रदर्शनी राखिएको छ ।

यसैगरी फलफूल बालीतर्फ जुनार, सुन्तला, कागती, ज्यामिर, किवीफल, चिया, कफीका साथै माछा, महसमेत स्टलमा राखिएको छ ।

प्रचारप्रसारको माध्यमबाट किसानको उत्पादनलाई बजारसम्म पु¥याई बढीभन्दा बढी मूल्यमा बिक्री गराउने अभिप्रायले मेला आयोजना गरिएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताउनुभयो ।

दुई दिनसम्म चल्ने मेलामा खेतबारी जोत्न प्रयोग गरिने मिनिट्रिलरसमेत राखिएको छ । मेलामा प्रथम, द्वितीय, तृतीय हुने कृषकलाई कार्यालयले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement