advertisement
Send Us

पार्टीको महाधिवेशनमा पदाधिकारी पदमा उठ्ने– नेत्री कोइराला

Click Link to Send:
Click Link to Send:

sujata-koiralaविराटनगर, १३ फागुन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आपूm पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

विराटनगरमा आज पत्रकारहरुसँगको भेटघाटमा उहाँले सो महाधिवेशनमा सुशील कोइराला पुनः सभापतिमा लागि उम्मेदवारी दिनुहुने विश्वास व्यक्त गर्दै आफु कोषाध्यक्षदेखि उपसभापतिसम्मको कुनै एक पदका लागि उम्मेदवारी दिने जानकारी दिनुभयो ।

नेपाली काँग्रेस, नेकपा(एमाले) छिटोभन्दा छिटो सहमति गराएर संविधान जारी गराउन प्रयत्नशील रहेको चर्चा गर्दै नेत्री कोइरालाले यस कार्यका लागि स्वयम् प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताहरुको प्रयास जारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले संविधान जारी गर्न नदिएर सरकारलाई असफल बनाउन षडयन्त्र भइरहेको प्रसङ्ग उल्लेख गर्दै नेत्री कोइरालाले वर्तमान सरकारले नै षडयन्त्रलाई चिर्दै संविधान जारी गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वर्तमान सरकारले शान्ति प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै सहमतिमा संविधान जारी गर्नका लागि एकीकृत माओवादीलाई लचिलो हुन सुझाव दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement