advertisement
Send Us

विश्वभर सगुन डटकम सार्वजनिक

Click Link to Send:
Click Link to Send:

sagoon-site-layout-2काठमाडौँ, १३ फागुन । नेपाली युवाले विकास गरेको नयाँ सोसियल साइट ‘सगुन डटकम’ आज विश्वव्यापी रुपमा एकैसाथ सार्वजनिक गरिएको छ ।

उक्त साइट अमेरिका, भारत र नेपालबाट एकसाथ सार्वजनिक गरिएको हो । अमेरिकाको पेन्टागनमा सिस्टम इञ्जिनियरको रुपमा काम गर्दै आएका गोविन्द गिरीले यो साइट विकास गरेका हुन् ।

सुरुमा सगुनलाई गुगलजस्तै खोजी सञ्जाल बनाउने प्रयास गरेका गिरीले सामाजिक साइटका रुपमा यसलाई विकास गरेका हुन् ।

सगुनमा हाल विश्वभर प्रयोग भएका फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याटलगायतका सन्देश प्रवाह गर्ने विशेषता उपलब्ध छन् । यो साइटमा परिवारका सदस्य तथा साथीसँग फोटो तथा सूचना आदानप्रदान गर्न सकिन्छ ।

तत्काललाई सगुनमा प्रत्यक्ष कुराकानी तथा च्याट गर्न नसकिने भएपनि सूचना आदानप्रदान गर्न सकिने इन्फरमेन कम्युनिकेसन टेक्नोलोजी (इआइसीटी) नेपालका सह संस्थापक राजु कट्टेलले जानकारी दिनुभयो ।

सगुनमा खाता खोल्दा, साथी बनाउँदा र गोप्य सन्देश पठाउँदा प्रयोगकर्ताले पाँच अमेरिकी डलर नगद उपहार पाउन सक्नेछन् ।

Your Opinion

Opinion

advertisement
advertisement