advertisement
Send Us

बालकृष्ण ढुंगेलको योजनामा मारिएका गणेशकुमारको मुद्दा,अदालतले दियो प्रहरीलाई आदेश

Click Link to Send:
Click Link to Send:

Ganesh-Kumar-Shrestha-Ujjan-Kumar-Shresthaकाठमाडौं,१० फागुन । ।भाइको हत्यामा संलग्न एमाओवादी सभासद् बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण माओवादी कार्यकर्ताबाट गोली हानी हत्या गरिएका रामेछापका गणेशकुमार श्रेष्ठको घटनामा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

पुनरावेदन अदालत जनकपुरका न्यायाधिश सत्यराज गुरुबको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रामेछाप समेतलाई कारण देखाउ आदेश जारी गरेको हो ।Ganesh-Kumar-Shrestha-Case

घटनाका दोषीउपर दायर गरिएको किटानी जाहेरीमा १२ बर्षसम्म पनि प्रहरीले प्रक्रिया अगाडि नबढाएपछि पीडित परिवारले फागुन ६ गते दायर गरेको रिट निवेदनमा पुनरावेदन अदालतले फागुन ८ गते परमादेश जारी गरेको अधिवक्ता पुष्पराज पौडेलले जानकारी दिए । अदालतले १५ दिनभित्र कारबाही अगाडि नबढाउनुको कारण पेश गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको छ ।

२०५५ साल असार १० गते ओखलढुंगामा भाइ उज्जनकुमार श्रेष्ठको हत्या भएपछि प्रहरीमा न्याय माग्न पुगेका गणेशकुमार श्रेष्ठलाई २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेको अबस्थामा रामेछापको साँघुटारमा छोरीकै आँखा अगाडि गोली हानी हत्या गणेशकुमारकै उजुरीका कारण उनका भाइ उज्ज्नकुमारको हत्या प्रकरणमा एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरिसकेको छ । पूर्वसभासद् ढुंगेलकै योजनामा युद्धकालमा गणेशकुमारको पनि हत्या गरिएको परिवारजनको ठहर छ ।

गणेशकुमारको हत्यामा संलग्न टिका सुनुवार, रक्तिम लामा र अन्य नचिनिएका छ जनाविरुद्ध गणेशकुमारका दाजु राजकुमार श्रेष्ठले २०५९ सालमा रामेछाप प्रहरीमा किटानी जाहेरी दिए पनि अहिलेसम्म प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन् ।

१२ बर्षसम्म पनि कारबाही प्रक्रिया अगाडि नबढेपछि गणेशकुमारका छोरा विजयले फागुन ६ गते पुनरावेदन अदालतमा रिट दायर गरेका थिए । अदालतमा अधिवक्ता राजकुमार महासेठ, पुष्पराज पौडेल, सिताशरण मण्डल लगायतले बहस गरेका थिए ।

उज्जनकुमारको हत्यामा संलग्न बालकृष्ण ढुंगेल लगायतलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेपनि उनलाई अहिलेसम्म जेल हालिएको छैन । न त मेरो बुवा गणेशकुमारको हत्यामा संलग्नहरुमाथि नै कारबाही अगाडि बढेको छ ।,’
विजय भन्छन्–दिदीकै आँखा अगाडि बुवाको गोली हानी हत्या गरियो । जसका कारण दिदी रचनाले समेत आत्महत्या गर्नुभयो । हाम्रो परिवारले न्यायका लागि कहिलेसम्म लडिरहने ?’ १९ बर्षीय विजयले बुवाको हत्या हुँदा आफू उज्जनकुमारको हत्या प्रकरणमा बालकृष्ण ढुंगेलसँगै दोषी ठहरिएका पुष्कर गौतम जेल चलान भइसकेका छन् । तर, ढुंगेललाई राजनीतिक आवरणमा अहिलेसम्म उन्मुक्ति दिइएको छ । यसले विधिको शासनकै ठाडो उल्लंघन गरेको छ ।,’

पीडितका तर्फबाट बहस गरेका अधिवक्ता पुष्पराज पौडेलले भने गणेशकुमारका हत्यामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाउन पनि प्रहरीले आनकानी गरिरहेको छ । एउटै परिवारले तीन जना सदस्य गुमाउँदा पनि राज्य लाचार बनिरहनु दुःखद हो।

Your Opinion

Opinion

advertisement
advertisement