advertisement
Send Us

कारागारलाई यातनामुक्त बनाउन आयोग अग्रसर – आयोग सदस्य पाठक

Click Link to Send:
Click Link to Send:

sudipविराटनगर, १० फागुन । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले छ वर्षको अवधिमा कारागार तथा हिरासतलाई यातनामुक्त बनाउन आयोग अग्रसर रहेको बताउनुभएको छ ।

आयोगद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आयोगले ४५ दिनभित्र छ वर्षको कार्ययोजनाको रणनीति ल्याउन लागेको जानकारी गराउनुभयो ।

उहाँले मुलुकको ७४ वटा कारागारमध्ये ४२ वटाको अनुगमन गरिएको उल्लेख गर्दै मुलुकभरका कारागारमा आठ हजार ६०० कैदीबन्दीे अटाउने क्षमता रहेकामा यतिखेर १६ हजार ८०० कैदीबन्दी रहेको बताउनुभयो ।

आयोगको सिफारिस छ वर्षभित्रमा पूर्ण कार्यान्वयन गराउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तीन वर्षको अवधिमा केही कार्यान्वयन नभए आफूले सदस्य पदबाट राजीनामा गर्ने घोषणा गर्नुभयो ।

उहाँले मानव अधिकारको रक्षाका लागि सबैलाई मिलेर कार्य गर्नुपर्ने र अधिकारका साथै कर्तव्यबोध पनि आवश्यक रहेको बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement