advertisement
Send Us

प्रधानमन्त्रीद्वारा प्रजातन्त्र सेनानीको सम्मानमा रात्रिभोज

Click Link to Send:
Click Link to Send:

sushil -pmकाठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्र सेनानीहरुको सम्मानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो ।

रात्रिभोजमा देशका ७५ जिल्लाबाट आएका प्रजातन्त्र सेनानीहरु (ज्येष्ठ नागरिक) को सहभागिता थियो ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घले ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा २००७ सालदेखि ०१७ सालसम्मको विभिन्न सङ्घर्ष तथा आन्दोलनमा योगदान पुयाएका ७५ जिल्लाका ३४९ जना प्रजातन्त्र सेनानीलाई हिजो ‘प्रजातन्त्र सेनानी सम्मान’ प्रदान गरेको थियो ।

काँग्रेस सभापति एवम् प्रधानमन्त्री कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न प्रधानमन्त्रीको आग्रह
सो अवसरमा प्रधानमन्त्रीले लामो सङ्घर्षपछि प्राप्त परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न सबै जुट्नुपर्ने बताउनु भयो ।

उहाँले मुलुकले शान्ति, अमनचयन, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान तथा विकास खोजेको र वर्तमान सरकार त्यसको लागि कटिवद्ध भएर लागेको उल्लेख गर्नु भयो ।

उहाँले संविधान निर्माणमा अधिकतम सहमतिको प्रयास भइरहेको र सो कायम नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरिने बताउँदै अब बन्ने संविधानमा आदिवासी, जनजाति, महिला, दलित, पिछडिएका वर्ग, मुस्लिम, मधेसी, अल्पसङ्ख्यक, थारुलगायत समस्त नेपालीको पहिचान, धर्म, संस्कृति, भाषा, परम्पराको संरक्षण र सम्वद्र्धन गरिने बताउनुभयो ।

उहाँले सेनानीहरुलाई मुलुकमा शान्ति अमन चयन कायम गर्ने सन्देश गाउँगाउँमा लिएर जान अनुरोधसमेत गर्नुभयो ।

प्रजातन्त्र सेनानीका माग पूरा गर्ने आश्वासन

प्रधानमन्त्री कोइरालाले २००७ सालको क्रान्तिदेखि निरन्तर प्रजातन्त्रको लागि लड्ने प्रजातन्त्र सेनानी सङ्घका मागहरु पूरा गर्ने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, “सेनानी सङ्घका तर्फबाट प्रस्तुत माग ठूला र जटील छैनन् । प्रजातन्त्रका निम्ति बलिदान दिनेलाई यी सुविधा दिने मेरो पनि इच्छा छ । नेपाली काँग्रेस पनि यही चाहन्छ ।”

प्रधानमन्त्री कोइरालाले संयुक्त सरकार भएपनि प्रजातन्त्रको लागि बलिदान दिनेहरुका माग पूरा गर्न सबैको सहयोग हुनेमा आफू ढुक्क रहेको बताउँदै सेनानीहरुको माग मन्त्रिपरिषद्मा लगेर छिट्टै पूरा गर्ने वचन दिनुभयो ।

सो अवसरमा प्रजातन्त्र सेनानी सङ्घका सभापति टङ्कप्रसाद कँडेलले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो ।

ज्ञापनपत्रमा प्रजातन्त्र सेनानीको पहिचान र योगदान स्पष्ट हुने गरी परिचयपत्र बनाएर वितरण गरिनुपर्ने, सार्वजनिक र सरकारी यातायातका साधनमा गरिने यात्रामा सहुलियत र सम्मान दिनुपर्ने, औषधोपचारको व्यवस्था गरिनुपर्ने, सेनानी आश्रम बनाउनुपर्नेलगायतका माग गरिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement