advertisement
Send Us

प्रक्रियासँगै संवाद पनि अगाडि बढाउनुपर्छ–परराष्ट्रमन्त्री

Click Link to Send:
Click Link to Send:

mahendraकाठमाडौँ, २ फागुन । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संविधानका विवादित विषयमा प्रक्रिया अगाडि बढ्दैगर्दा सहमतिको पनि उत्तिकै सम्भावना भएकोले संवादका लागि दलहरुसँग आग्रह गर्नुभएको छ ।

नेपाल युवा समाजद्वारा यहाँ आज आयोजित ‘सहमति, सहकार्य र एकता, राष्ट्रका निम्ति आवश्यकता’ विषयक अन्तक्र्रियामा उहाँले संविधान निर्माणको निम्ति दलहरुले आ–आफ्नो हठ त्यागेर सहमतिमा आउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका सभासद् अमरेसकुमार सिंहले समयमै संविधान बन्न नसक्दा सबैभन्दा बढी आदिवासी, जनजाति, दलित, महिला, मधेसी, मुस्लिम तथा युगौँदेखि उत्पीडनमा पारिएको समुदायलाई घाटा हुने हुँदा सहमतिका लागि सकारात्मक दबाबको आवश्यकता औँल्याउनुभयो ।

समाजका अध्यक्ष सीताराम कार्कीले राजनीतिक दलहरु बहुमतीय आधारमा अगाडि बढ्नुको सट्टा व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकको हितका लागि समहतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समाजले विभिन्न क्षेत्रबाट मुलुक निर्माणमा योगदान पुर्‍याउने समाजसेवी संजयनाथ जोशी, चन्द्रसिंह साउद, जीवनबहादुर विश्वकर्मा, दीपक खड्का र रामबहादुर खड्कालगायत करिब दुई दर्जन व्यक्तित्वलाई सम्मान गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement