advertisement
Send Us

प्रजातान्त्रिक आन्दोलनमा जनकपुरको योगदान महत्वपूर्ण—मन्त्री निधि

Click Link to Send:
Click Link to Send:

Bimalendra-Nidhiकाठमाडौँ, २ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा नीलराज पोख्रेलको स्मृतिमा उहाँका पुत्र दीपेन्द्र पोख्रेलले लेख्नुभएको “बटेश्वरका बृहस्पति” नामक पुस्तक लोकार्पण समारोहमा आज उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

मन्त्री निधिले मोफसलले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका विषयमा पुस्तकले प्रकाश पारेको बताउनुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मान्ने एनेकपा माओवादी र मधेसवादी दललाई धकेलेर पठाउनुहुन्न, सहमतिमा ल्याउनुपर्छ”–मन्त्री निधिले भन्नुभयो । “संसद्, निर्वाचन प्रणाली र बहुलवादलाई स्वीकार गर्नेलाई सहमतिमा लिएर अगाडि बढ्नुपर्छ”–उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् महादेव यादवले लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव, नेपाली काँग्रेसका नेता महेन्द्रनारायण निधि, सरोजप्रसाद कोइराला, रामनारायण मिश्र, आनन्दप्रसाद ढुङ्गाना, स्मृतिनारायण चौधरी जस्ता नेतालाई जन्माएकाले जनकपुर क्षेत्र नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी रहेको बताउनुभयो ।

सिँचाइ मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएको जनकपुरले अहिलेको सन्दर्भमा सामाजिक सद्भाव कायम गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

प्रजातान्त्रिक योद्धा पोख्रेलकी धर्मपत्नी सुशीला पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अधिवक्ता विश्वमणि पोख्रेल र पुस्तकका लेखक दीपेन्द्र पोख्रेललगायतका वक्ताले जनकपुर क्षेत्रले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएको ऊर्जाका विषयमा चर्चा गर्नुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement