advertisement
Send Us

मानवअधिकारकर्मी कुनै पनि दलको हतियार बन्नु हुँदैन –अध्यक्ष ओली

Click Link to Send:
Click Link to Send:

kp oliकाठमाडौँ, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारकर्मी कुनै पनि दलको हतियार बन्न नहुने बताउनुभएको छ ।

मानवअधिकार एलाइन्सको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मानवअधिकार भनेको मानवीय हितका लागि हुनाले राजनीतिक पार्टी र दलको हतियार बन्न नहुनेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउने, गाडी तोडफोड गर्ने, सडकमा टायर बाल्ने हो ? मैले भनेको मान्ने भए मानवअधिकार, हैन भने छैन मानवअधिकार भन्ने त्यस्ता मानवअधिकारवादी संस्था डुब्लिकेट हुन् ।”

मानवअधिकार आन्दोलन लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्नेमा जोड दिँदै उहाँले दमन र अत्याचार विरुद्ध लड्न अधिकारकर्मी र त्यस्ता संस्था मानवअधिकारको आन्दोलनमा बहकिनु नहुने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले मानवअधिकारवादी सङ्घ÷संस्था कहिले पनि हिंसाको बाटोमा जान नहुने र राजनीतिक दलको उद्देश्य पूरा गर्ने खालको बन्न हूँदैन भन्नुभयो ।

उहाँले मानवअधिकारकर्मीले कोही रिसाउला वा कोही खुसाउला भनेर काम नगरी निष्पक्षरुपमा पीडितलाई न्यायका लागि लड्नुपर्ने पनि बताउनुभयो ।

मानवअधिकारकर्मी चरण प्रसाईंले मानवअधिकार नागरिकको न्यायकालागि हुने भएकाले कुनै पनि दलले आफ्नो बनाउने प्रयास गर्ने र दलको उद्देश्यअनुरुप प्रयोग गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement