advertisement
Send Us

संविधान निर्माणमा कसैले अवरोध गर्न सक्दैन : प्रम कोइराला

Click Link to Send:
Click Link to Send:

pmप्यूठान, २ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले लामो समयदेखि परिवर्तन र संविधानका लागि त्याग गरेको भन्दै हालसम्मका उपलब्धिको संरक्षण गरी संविधान बनाउनुपर्ने बताउनुभएको छ ।

आज प्यूठान बिजुवारमा मध्यपश्चिम कृषि पर्यटक ऊर्जा तथा व्यापार मेला एवम् स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सवको उद्घाटन गर्दै उहाँले देशमा स्थायित्व, शान्ति र अमनचयन आवश्यक रहेको बताउनुभयो । “संविधान जसरी भए पनि आउँछ ।” प्रम कोइरालाले भन्नुभयो– “संविधान जारी गर्न अब कसैले रोक्न सक्दैन्, संविधानबाटै हालसम्मका उपलब्धिको संस्थागत गर्नुपर्छ ।

“वार्ता सहमति र एकताबाट नै नेपालको परिवर्तन हुन्छ ।” प्रम कोइरालाले भन्नुभयो– “हिजो आन्दोलन घोषणा गरेका शक्तिसँग आज सहमति हुँदैछ ।” उहाँले संविधान निर्माण प्रक्रिया र अवरुद्ध संविधानसभाका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकलम दाहालसँग वार्ता गरेको भन्दै चाँडै देशले एउटा निकास पाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अबको छ महिनामा संविधान आउने बताउनुभयो । “जनताले हामीलाई विश्वास गरेर संविधान बनाउन पठाएका छन् ।” गृहमन्त्री गौतमले भन्नुभयो– “एक वर्षमा संविधान निर्माणका लागि भन्दै जनताले गरेको विश्वास तोडिएको छ । जनताको विश्वास लिनका लागि अबको छ महिनामा संविधान आउँछ ।” उहाँले संविधान निर्माणमा विवाद गर्दा विकास पछि पर्ने भन्दै अब राजनीतिक आन्दोलन पूरा भएको भन्दै विकासको आन्दोलनमा लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोख्रेलले देश विकासका लागि नीति आवश्यक पर्ने भन्दै दलहरुले सहमतिमै संविधान दिने पहल गर्न आग्रह गर्नुभयो । “नेपाललाई विकसित मुलुकको स्थानमा लैजान सबैको सहकार्य आवश्यक पर्छ ।” उहाँले भन्नुभयो– “नेपाली जनताले विकास चाहेका छन् । त्यसको पूरा गर्न हामी एक हुनुपर्छ ।”

Your Opinion

Opinion

advertisement
advertisement