advertisement
Send Us

संविधान निर्माण गर्न सहमति र प्रक्रिया सँगसँगै : प्रधानमन्त्री

Click Link to Send:
Click Link to Send:

sushil -pmबुटवल, २ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण गर्न सहमतिका लागि वार्ता र प्रक्रिया सँगसँगै अगाडि बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आज रुपन्देहीको सौँ फर्साटिकरस्थित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पससभा तथा चौथो अधिवेशन एवम् क्याम्पस भवन उद्घाटन गर्दै संविधान बनाउनलाई अब कसैले रोक्न नसक्ने उल्लेख गर्नु भयो ।

उहाँले सहमतिमै संविधान बनाउन आफू प्रयत्नशील रहेको बताउँदै भन्नुभयो– हिजोका दिनमा भएका दुःखद् घटना बिर्सेर सहमतिका लागि प्रयत्नशील हुनु जरुरी छ ।

उहाँले अब संविधान बनाउन एकातिर प्रक्रियाको बाटोबाट अगाडि बढेको र अर्कोतिर सहमतिको बाटो खोज्न एमाओवादी अध्यक्षसँग आफैँले वार्ता र संवाद अगाडि बढाएकाले अब छिट्टै संविधान निर्माणमा देखिएका सबै समस्या समाधान हुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कोइरालाले आफूले सरकारको नेतृत्व गर्दादेखि नै संविधान जारी गर्ने उद्देश्यका लागि मात्र प्रधानमन्त्रीको कुर्सीमा बसेको बताउदै संविधान जारी भए पछि प्रधानमन्त्रीको कुर्सीमा लत्रेर नबस्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कोइरालाले संविधान कुनै व्यक्ति वा दलका लागि मात्रै नभएर आम नेपाल र नेपालीको भविश्यसँग जोडिएको विषय भएको बताउँदै आम नागरिकको चाहना पूरा गर्न सबै पक्षलाई संवेदनशील हुन आग्रह गर्नुभयो ।

उहाँले देशमा भएको गरिबी ,अभाव र बेरोजगारीको समस्यालाई अबको १० वर्षभित्रमा समाप्त गर्ने लक्ष्यलाई आफूले सार्थक बनाउन समेत संविधान निर्माण जरुरी भएको बताउँदै आफू यसैमा लागेको प्रष्ट्याउनुभयो ।

जिल्लाको ग्रामीण क्षेत्रमा सञ्चालित यो क्याम्पसमा विभिन्न विषयमा स्नातक र स्नातकोत्तरसम्मको अध्ययन हुँदै आएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement