advertisement
Send Us

राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र धराशायी : मुख्य सचिव पौडेल

Click Link to Send:
Click Link to Send:

Lilamani-Paudelबुटवल,१ फागुन । सरकारका मुख्य सचिव लीलामणि पौडेलले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र धराशायी हुँदै गएको बताउनुभएको छ ।

उद्योग व्यापार सङ्गठन देवदहले आयोजना गरेको प्रथम राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको आज रुपन्देहीको देवदहमा उद्घाटन गर्दै मुख्य सचिव पौडेलले धान्नै नसकिने गरी व्यापार घाटा बढेकाले आयातलाई प्रतिस्थापन गर्ने खालका उत्पादनमूलक उद्योग स्थापनामा जोड दिनुभयो ।

सो अवसरमा उद्योग व्यापार सङ्गठन देवदहका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक गोविन्द भट्टराईले कृषिको व्यावसायिक विकासका लागि लगानी भित्र्याउने गरी मेला आयोजना गरिएको बताउँदै देवदह पर्यटकीय क्षेत्र भईकन पनि लुम्बिनीसँग जोडेर नहेरिँदा गौतमबुद्धको मावली देवदह पछाडि परेको बताउनु भयो ।

उहाँले भैरहवा–देवदह फास्ट ट्र्याक तथा देवदह गोठादी औद्योगिक कोरिडोर बनाउन सके देवदहको पर्यटकीय विकाससँगै लगानी भित्र्याउन तथा रोजगारीको सिर्जना गर्न पनि मद्दत पुग्ने धारणा राख्नु भयो ।

फागुन १० गतेसम्म सञ्चालन गरिने मेलामा एक लाख दशर्कले अवलोकन गर्ने तथा तीन करोडको कारोबार गर्ने लक्ष्य लिइएको आयोजकले जानकारी दिएका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement