advertisement
Send Us

प्रणय दिवसलाई रु ४० लाखको रातो गुलाफ

Click Link to Send:
Click Link to Send:

Red_Roseललितपुर, २९ माघ । आउँदो प्रणय दिवसका लागि करिब रु ४० लाखको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ ।

‘फ्लोरीकल्चर एसोसिएसन’का अध्यक्ष लोकनाथ गैरेका अनुसार यस वर्ष प्रणय दिवसका लागि एक लाखवटा रातो गुलाफ भारतबाट ल्याइएको हो । गत वर्ष यो दिवसमा एक लाख ५० हजारवटा गुलाफ खपत भएको थियो । अध्यक्ष गैरेका अनुसार गत वर्षको तुलनामा फूलको आयात कम भए पनि मूल्य भने बढेको छ ।

आयात गर्दा प्रति फूलको गत वर्षकोभन्दा रु १० मूल्य बढी तिरेको व्यवसायीले बताएकाछन् । उपभोक्ताले प्रति फूलको रु १०० सम्म तिर्नुपर्छ । अघिल्लो वर्ष प्रति फूलको मूल्य रु ७० थियो । भित्र्याइएको रातो गुलाफ ९५ प्रतिशत राजधानीमै खपत हुन्छ । पाँच प्रतिशत मात्र बाहिरिने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार हरेक वर्ष यो फूलको माग बढे पनि नेपालमा उत्पादन कम छ । राजधानी तथा नुवाकोट, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा रातो गुलाफ उत्पादन हुन्छ । दिनप्रतिदिन प्रणय दिवसको महत्वसँगै रातो गुलाफको माग र मूल्य पनि बढ्दै गएको छ । हरेक वर्ष प्रणय दिवस फेब्रुअरी १४ तारिखमा मनाइन्छ । मायाको प्रतीकका रुपमा यो फूल उपहारका रुपमा आदानप्रदान गर्ने गरिन्छ

Your Opinion

Opinion

advertisement
advertisement