advertisement
Send Us

प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदित

Click Link to Send:
Click Link to Send:

international_convention_center-biccकाठमाडौँ, २९ माघ । संविधानसभाको आजको बैठकले प्रस्ताव निर्माण समितिको प्रतिवेदन, २०७१ लाई अनुमोदन गर्‍यो  ।

समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले सो प्रतिवेदनलाई सभामा प्रस्तुत गर्नुभएको थियो । संविधानसभाको यही माघ ११ गते बसेको बैठकले संविधान लेखनका लागि असहमति रहेका विषयमा प्रश्नावली तयार गरी सभासमक्ष पेस गर्न सो समिति गठन गरेको थियो । समितिको पहिलो बैठक माघ १७ गते बसेको थियो ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सबै प्रश्नावलीलाई आफ्नो पार्टीले अनुमोदन नगरेको जानकारी गराउनुभयो । एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, फोरम (लोकतान्त्रिक)लगायत केही साना दलका सभासद् बैठकमा अनुपस्थित हुनुहुन्थ्यो । ती दलले प्रक्रियाभन्दा सहमतिका माध्यमबाट संविधान लेखन अगाडि बढाउनुपर्छ भन्दै सो समितिको गठनमा नै आपत्ति जनाउँदै आएका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन अध्ययनपछि असहमति रहेका संविधानका अन्तर्वस्तु पहिचान गरेर त्यस्ता विषय निर्णयार्थ संविधानसभामा प्रस्तुत गर्न सहज हुने गरी प्रश्नसहितको प्रस्ताव तयार गर्न सो समितिको कार्यक्षेत्र निर्धारण गरिएको थियो ।

सो कार्यक्षेत्रअनुरुप समितिले २३२ प्रश्नको प्रस्ताव तयार गरेको छ । भावी संविधानको प्रस्तावना, संविधान संशोधन, मौलिक अधिकार, व्यवस्थापकीय अङ्गको स्वरुप, संवैधानिक निकाय, न्याय प्रणाली, राज्यको शासकीय स्वरुप, राज्यको पुनः संरचना, फरक मत र सङ्गतिपूर्णजस्ता १० विषयमा समितिले प्रश्नावली तयार गरेको छ । बैठकमा ज्येष्ठ सदस्य गुरुङले प्रतिवेदन नयाँ संविधान लेखनका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । संविधानसभाको अर्काे बैठक अर्काे सूचना जारी नभएसम्म स्थगन भएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement