advertisement
Send Us

नेपालले हासिल गरेको विशिष्टताबाट सिक्ने मालदिभ्सको चाहना

Click Link to Send:
Click Link to Send:

Maldives_Flag8काठमाडौँ, २९ माघ । चिकित्साशास्त्रमा नेपालले हासिल गरेको विशिष्टताबाट मालदिभ्सले सिक्ने चाहना व्यक्त गरेको छ ।

नेपालको भ्रमणमा रहनुभएका उक्त मुलुकका स्वास्थ्य राज्यमन्त्री मोहम्मद हबिबले निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेसनल अस्पतालको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो चाहना व्यक्त उहाँले चिकित्सा विज्ञानका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा नेपालले हासिल गरेको उपलब्धि आफ्नो मुलुकका लागि प्रेरणादायी भएको बताउनुभयो । उहाँले नेपाल सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्न मालदिभ्सले चाहेको जानकारी दिनुभयो ।

एघार वर्षअघि त्रिवि चिकित्साशास्त्र अध्यययन संस्थान, महाराजगन्जबाट स्नातकोपाधि हासिल गर्नुभएका राज्यमन्त्री हबिबले आफ्नो देशमा हालसम्म शिक्षण अस्पताल तथा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान नभएकाले नेपालसँगको सहकार्यमा त्यस्ता शिक्षण संस्थान स्थापना गर्न चाहेको बताउनुभयो । चिकिसाशास्त्र अध्ययनका लागि आफ्नो मुलुकका नागरिक नेपाल आउन इच्छुक रहेको जानकारी दिँदै उहाँले शिक्षकलगायत आवश्यक जनशक्ति आदानप्रदान गर्न सरकारीस्तरमा आफूले प्रयास थाल्ने बताउनुभयो ।

सार्वजनिक–निजी साझेदारी कार्यक्रमलाई आफ्नो मुलुकले पनि अवलम्बन गरेकाले सोही सन्दर्भमा सहकार्य र साझेदारीका संभावनाको खोजी गर्न आफूले नर्भिक इन्टरनेसनल अस्पतालको स्थलगत अवलोकन गरेको स्पष्ट गर्नुभयो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मार्फत मालदिभ्स र नेपालबीच निकट सम्पर्कमा आएको भन्दै उहाँले सार्क स्थापनायता द्विपक्षीय सम्बन्ध अझ प्रगाढ भएको बताउनुभयो । त्यस अवसरमा नेपालका लागि मालदिभ्सका अवैतनिक वाणिज्यदूत निर्वाण चौधरी, अस्पतालका निर्देशक मेघा चौधरी र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले अस्पतालमा उपलब्ध सेवा तथा भावी योजनाबारे जानकारी दिनुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement