advertisement
Send Us

नेपालको पूर्वाधार विकासमा अमेरिकी संस्थाले सहयोग गर्ने

Click Link to Send:
Click Link to Send:

US_Congressionalकाठमाडौँ, २९ माघ । अमेरिकी कँग्रेसले सन् २००४ मा गठन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा आज कर्पोरेसन र मन्त्री विमलेन्द्र निधिबीच भएको बैठकमा सो सहमति भएको हो । बैठकमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्मित पुलको मर्मतसम्भार गर्ने र सडकको पूर्वाधार विकासका लागि सहयोग गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयका सहसचिव विष्णुओम वादेले जानकारी दिनुभयो ।

नेपालको सडक, रेल र केबुलकार क्षेत्रमा कर्पोरेसनले पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । “सहयोगसम्बन्धी विस्तृत विवरण तयार पार्न कर्पोरेसन र मन्त्रालयका बीच मुख्य समूह बनाई अगाडि बढ्ने सहमति भएको छ”, बादेले भन्नुभयो । कर्पोरेसनले नेपाललगायत फिलिपिन्स र मङ्गोलियालाई पनि पूर्वाधार विकासमा सहयोग गर्ने कार्यक्रम छ ।

Your Opinion

Opinion

advertisement
advertisement