advertisement
Send Us

नयाँ संविधान जारी गर्नका लागि त्याग गर्न तयार छु – प्रम

Click Link to Send:
Click Link to Send:

pmकाठमाडौँ, २९ माघ । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज नागरिक समाजका अगुवासँग उहाँले राजनीतिक दलबीच सहमतिका लागि संवादको वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले वार्ता र संवाद नभइरहेको अवस्थामा त्यसका लागि वातावरण बनाउन आफूहरुले आग्रह गरेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीले नयाँ संविधानका निर्माणका लागि आफूले जुनसुकै त्याग गर्ने र संवादहीनताको अवस्था चाँडै तोडिने विश्वास दिलाएको पोखरेलले जानकारी दिनुभयो ।

उहाँले वार्ता नै अहिलेको उत्तम विकल्प भएकाले सबै मुख्य राजनीतिक दलसँग आफूहरुले वार्तामा बस्न आग्रह गरेको बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement