advertisement
Send Us

‘हेलो सरकार’मा ग्यास र विद्युत्मा कटौतीसम्बन्धी धेरै उजुरी

Click Link to Send:
Click Link to Send:

HELLOकाठमाडौँ, २७ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘हेलो सरकार’मा यही आर्थिक वर्षको पुस मसान्तसम्ममा ३४ हजार ४०० उजुरी दर्ता भएका छन् ।

हेलो सरकार स्थापना भएको तीन वर्षको अवधिमा प्राप्त उक्त उजुरीमध्ये ९७ प्रतिशत अर्थात् ३३ हजार ४६२ उजुरी फछ््र्योट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो । यसैगरी चालु आवको पुस महिनामा प्राप्त ४५४ उजुरीमध्ये करिब ८५ प्रतिशत अर्थात् ३८७ उजुरी फछ्र्योट भएको छ ।

हेलो सरकारमा सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरी, खाना पकाउने एलपी ग्यासको अभाव र नेपाल विद्युत् प्राधिकरणले तालिका विपरीत गरेको विद्युत्भार कटौतीलगायत विषयमा बढी उजुरी परेको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement