advertisement
Send Us

हाम्रो आर्दश संविधान ,राम्रो संविधान

Click Link to Send:
Click Link to Send:

Sambeg Basnetसंवेग बस्नेत ।नेपाल अहिले नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला गर्ने ऐतिहासिक क्षणमा छ । नेपालले जब लोकतान्त्रिक संविधान पाउने छ , तब मात्रै नेपालीहरुको भाग्यको फैसला हुनेछ । अहिले संविधान बन्ने प्रक्रियामा रहेको छ ,र ठिक यसै बखत संविधानका अन्र्तवस्तुमा दलहरुका बिचमा तीव्र मतभेद देखिएको छ । सत्तारुढ दलहरु प्रक्रियाबाटै संविधान जारी गर्ने कसरतमा लागेका छन भने बिपक्षी गठबन्धन आन्दोनबाटै सबै कुराको छिनो फानो गर्ने धम्की दिएर आन्दोलनमा होमिएको छ ।

यस्तो अवस्थामा सबैलाई मान्य हुने संविधान जारी गर्ने चुनौति हाम्रो सामु छदैछ । सबैलाई मान्य हुने संविधान जारी गर्न नसक्ने हो भने हाम्रो लागि ठूलो र्दुभाग्य हुनेछ । किनकी सर्वमान्य सिद्धान्त अनुसार संविधानमा बिवादको कुनै मौका दिनु हुदैन । यस सन्र्दभमा हमीले हाम्रो राजनैतिक ,भौगोलिक ,सास्कृतिक तथा ऐतिहासिक लगाएतका यथार्थलाई सहि मूल्याङकन गर्दै संविधान जारी गर्न सके त्यसले सबैको प्रतिनिधित्व गर्ने छ र सबैले त्यो संविधानलाई सहजै स्वीकार पनि गर्नेछन ।

यस सन्र्दभमा संविधान बनाउदा निम्नलिखित केही संविधान र्निमाणका आधारभूत बिषयहरुमा ध्यान दिन सके केही हद सम्म दलहरुलाई संविधान र्निमाणमा सहयोग पुग्ने देखिन्छ ।

हाम्रो संविधानमा राज्यका स्वरुप ,गठन ,कार्य–क्षेत्र तथा अधिकार का साथै नागरिक अधिकार ,कर्तव्य र राज्य र नागरिक बीचको पारस्परिक सम्बन्धको बारेमा स्पष्ट संग ब्याख्या हुन आवश्यक छ । अझ भन्नु पर्दा हाम्रो संविधानमा कार्यपालिका ,न्यायापालिका र व्यवस्थापिका का कार्य ,अधिकारको वर्णन ,नागरिक अधिकार र कर्तव्यको उल्लेख र राज्यसंगको सम्बन्बारे वर्णन स्पष्ट संग हुन आवयक छ । ताकी भोलि गएर संविधानका प्रावधानलाई लिएर विबादको र्सिजना नहोस ।

एउटा असल संविधानमा नागरिक एवं राजनैतिक अधिकारहरुको विवेचना , सरकारको संगठनको पूर्ण व्यवस्था एवं संविधान संशोधन वा परिवर्तन गर्ने प्रक्रिया र पद्धतिको वर्णन गरिनु पर्दछ ।

साथै एउटा असल संविधान आफैमा स्पष्ट हुन आवश्यक छ । एउटा संविधानमा आफ्नो राज्यको स्वरुप ,सरकारका बिभिन्न अगंहरुको शक्तिहरु र नागरिक अधिकारहरुको सम्बन्धमा स्पष्ट हुनुपर्दछ । राम्रो र असल संविधानमा शासनको सम्पूर्ण व्यवस्था सम्बन्धी कुनै पनि शिकायत संविधानमा हुनुहदैन् ।

आदर्श संविधानमा संघर्षको संभावना हटाउनका लागि संविधान निश्चित हुन आवश्यक छ । एउटै किसिमका बिषयमा फरक –फरक प्रावधानको संविधानमा व्यवस्था भए समस्या पैदा हुन सक्छ ।

अर्को तर्फ संविधान आफैमा व्यापक पनि हुन आवश्यक छ । संविधानमा राजकिय शक्तिको समुचित व्यवस्था हुन आवश्यक छ । संविधान अन्र्तगत राज्यको आधारभूत संगठनको रुपरेखा , नागकिर अधिकार र कर्तव्यका साथै राज्यको मौलिक संस्थाहरुको पनि विवेचना हुन त्यतिकै आवश्यक छ ।

विधान र्निमाण गर्दा ख्याल गर्नु पर्ने अर्को महत्वपूर्ण तथ्य भनेको संविधान संक्षिप्त हुन आवश्यक छ । संविधान संक्षिप्त हुन यस अर्थमा आवश्यक छ भनिएको हो भने ,संविधानमा अनावश्यक बिषयहरु राख्नु हुदैन ।

त्यस्तै संविधानको अर्को महत्वपूर्ण पाटो भनेको संविधान परिर्वतनशील हुन आवश्यक छ । ताकि समय सापेक्ष रुपमा सामाजिक एवं राजनैतिक परिस्थिति अनुसार संविधानमा रहेका प्रावधान परिवर्तन गर्न सकियोस् ।

संविधान र्निमाणको सबै भन्दा संवेदनशील बिषय भनेको संविधानमा नागकिर अधिकार एवं मौलिकहरुको बिवेचना हो । संविधानमा नागरिक अधिकारको घोषणा संगै सुरक्षाको पनि व्यवस्था पनि संविधानमा हुन आवश्यक छ ,जसले गर्दा नागरिक अधिकारको राज्य र अन्य निकायबाट अपहरण हुन नसकोस ।

साथै संविधानमा स्थायित्व र लचतकताको सामन्जस्यता हुन पनि आवश्यक छ । अर्थात संविधान ज्यादा कठोर पनि नहोस ज्यादा नरम पनि नहोस । किनकी नरम संविधान भए ,त्यो संविधानको स्थायित्व माथी नै प्रश्न उठन सक्छ भने अर्को तर्फ कठोर संविधान भए अत्यावश्यक समयमा समेत संविधानका प्रावधानलाई परिवर्तन गर्न कठिनाई आइ पर्न सक्छ । र अन्त्यमा संविधानमा स्वतन्त्र न्यायपालिकाको प्रत्याभूत गरिनुपर्दछ । किनकी स्वतन्त्र न्यायपालिकाले नै संविधानको सही व्याख्या र नागकिर अधिकारको रक्षा गर्न संक्छ ।

अत : माथीका केही बिषयहरुलाई ख्याल गर्दै नेपाली माटो सुहाउदो संविधान जारी गर्न सके सबैलाई मान्य हुनेछ । आजको आवश्यकता पनि आपसी आरोप प्रत्यारोपमा लाग्नु भन्दा संविधानका विवादित बिषयमा बैज्ञानिक ढंगबाट समाधान खोन्जु बढि बुद्धिमानी हुन सक्छ ।

Your Opinion

Opinion

advertisement
advertisement