advertisement
Send Us

२५ वर्षपछि राष्ट्रिय ध्वजाबाहक विमान

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २५ माघ ।नेपाल वायुसेवा निगमले २५ वर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि विश्वकै अत्याधुनिक एअरबस जहाज नेपाल भित्र्याएको छ ।

निगमले फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जर्मनीमा बनेको जहाज दोहाहुँदै करिब १० घण्टाको उडान पूरा गरी काठमाडौँ आइपुगेको हो । ‘सगरमाथा’ नाम दिइएको उक्त जहाज आज अपराह्न ४ः३६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जहाज अवतरण गर्नासाथ नेपाली मौलिक पञ्चैबाजा, पण्डितहरूद्वारा स्वस्ती बाचन गरी स्वागत गरिएको थियो ।

विमान विमानस्थलको ‘ह्याङ्गर’ अगाडि आइपुग्दा अन्तर्राष्ट्रिय प्रचलन अनुसार जहाज राख्ने स्थानमा पानीको फोहोराबाट आकर्षक ढङ्गले स्वागत गरिएको थियो । विमानका चालक तथा यसमा सवार विशिष्ठ पाहुनाको स्वागतका लागि झन्डै एक दर्जनभन्दा बढी विद्यालयबाट बालबालिकालाई स्वागत गीत र नृत्यका लागि विमानस्थल पुर्‍याइएको थियो ।


Airbus A320 Arrives

Airbus A320 Arrives

Airbus A320 Lands Airbus agaman (4)

Airbus agaman (5)

Airbus agaman

Your Opinion

Opinion

advertisement
advertisement