advertisement
Send Us

पचपन्न मेगावाट क्षमताको मध्य त्रिशूली निर्माण हुने

Click Link to Send:
Click Link to Send:

bijuliनुवाकोट, २५ माघ । नुवाकोटको तुप्चेमा ५५ मेगावाट क्षमताको ‘मध्य त्रिशूली गङ्गा नदी जलविद्युत् आयोजना’ निर्माण गरिने भएको छ । पर्फेक्ट इनर्जी डेभलमेन्ट प्रालि काठमाडौँ प्रस्तावक रहेको सो आयोजना चार वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

आयोजनको लागत रु १० अर्ब ३७ करोड रहेको छ । आयोजनाको नुवाकोटको मनकामना गाविस–३ र रसुवाको लहरेपौवा–१ मा बा“ध निर्माण गरी तुप्चे–२ मा उत्पादन गृह रहने छ । केन्द्रीय प्रशारण लाइनमा जोड्ने गरी आयोजनाबाट एक वर्षमा तीन सय ३५ दशमलव ५ सय ५४ गेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

पर्फेक्ट इनर्जी डेभलमेन्ट प्रालिका नाममा रहनेगरी सो परियोजना स्वदेशी लगानीमा निर्माण गर्न लागिएको हो । आयोजनावाट प्रभावित जिल्लाका नागरिकका लागि १० प्रतिशत सेयर दिने योजना रहेको अध्यक्ष ग्याल्चे लामाले बताउनुभयो ।

आयोजना निर्माणबाट ऐतिहासिक धार्मिक स्थल उत्तरगयाधामको संरचना बिग्रने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले आयोजना निर्माण संरचनामा पुनःविचार गर्नुपर्ने माग राखेका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement