advertisement
Send Us

दुर्गमको एउटै गाउँमा ६६ पसल

Click Link to Send:
Click Link to Send:

supath-mulya-pasalसोलुखुम्बु, २५ माघ । सोलुखुम्बुको विकट गुदेल गाविसको चाचालुङ गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन् । गुदेल गाविस भवनबाट करिब तीन घन्टा टाढाको चाचालुङमा २२० घरधुरी रहेका छन् ।

बाक्लो बस्ती रहेको चाचालुङवाट अन्य गाउँ पुग्न कम्तीमा दुई घन्टा लाग्छ । त्यसैले गाउँकै २२० घरका लागि ६६ वटा पसल रहेका छन् । घरैपिच्छे जस्तो पसल सञ्चालनमा रहेका छन् ।

एउटै पसलमा चाउचाउदेखि चामल र सलाइदेखि जस्तापातासम्म पाइन्छ । आवश्यक सबै सामान उपलब्ध हुने भए पनि धेरै पसल हुँदा व्यापार निकै कम हुने गरेको स्थानीय व्यापारी सरिमाया कुलुङ बताउनुहुन्छ ।

कृषि पेसामा आबद्ध त्यहाँका युवा धेरैजसो पर्यटकको भारी बोक्न जान्छन् । ट्रेकिङबाट फर्किदा पसलको सामान ल्याउने गरेका छन् । पसल धेरै भएकाले कतिपयको सामान त वर्ष दिनसम्म पनि बिक्री हुँदैन् । यस्तो अवस्थामा सामान घरमै प्रयोग गर्ने गरेको पसल सञ्चालक नवीन कुलुङ बताउनुहुन्छ ।

स्थानीय राजाराम कुलुङ भन्नुहुन्छ– “चाचालुङमा पसल गर्ने होड नै चलेको छ, घरघरमा पसल, सहर जस्तै छ, किन्नेलाई त फाइदा नै छ ।” चाचालुङसम्म सामान ढुवानी गर्न जिल्लाको नेले बजारबाट भरियालाई बोकाएर ल्याउनुपर्छ । तीन दिनभन्दा बढीको बाटो भएर सामान ढुवानी गर्न प्रतिकेजी रु ५० सम्म तिर्नुपर्छ । महँगो ढुवानी भाडा तिरेर गाउँको पसलमा सामान ल्याउँदा दुई÷तीन वर्षसम्म बिक्री नहुँदा धेरैजसो खाद्य वस्तुको म्याद सकिएको हुन्छ । तर पनि वर्षमा चार महिना ट्रेकिङ जाने युवा बाँकी समय गाउँमा बस्दा कमाई हुन्छ भन्दै पसल थाप्ने क्रम बढिरहेको नवीन कुलुङ बताउनुहुन्छ ।

Your Opinion

Opinion

advertisement
advertisement