advertisement
Send Us

लघुजलविद्युत् आयोजना पुनः सञ्चालनमा

Click Link to Send:
Click Link to Send:

lightदार्चुला, २४ माघ । खरकडा गाविसको वडा नं ४ मा रहेको रिठेपातल साजिगाड लघुजलविद्युत् आयोजना आजबाट पुनः सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको लघुजलविद्युत् आयोजना स्थानीयको श्रमदान तथा गाविसको अनुदानमा पुनः सञ्चालनमा आएको सामाजिक परिचालक गोपाल बस्नेतले बताउनुभयो ।

आयोजनालाई सञ्चालनमा ल्याउन खरकडा गाविसले रु एक लाख २० हजार तथा रु दुई लाख ५० हजारबराबरको जनश्रमदानले पुनः सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

आयोजना पुनः सञ्चालनमा आएपछि वडा नं ४ र ९ का ९० घरधुरी लाभान्वित भएका छन् । एक वर्षदेखि बन्द रहेको विद्युत् उत्पादन सुरु भएपछि स्थानीयमा खुसी छाएको छ । यसअघि टुकी बालेर पढाइ गरिरहेका विद्यार्थी विद्युत् बल्न सुरु भएपछि पढाइमा थप सहयोग पुग्ने स्थानीय अभिभावक महेश पालले बताउनुभयो ।

गरिबी निवारण कोषको रु २४ लाख ५० हजार, स्थानीयको जनश्रमदान रु पाँच लाख ३३ हजार र गाविसको रु पाँच लाख ३४ हजार अनुदान गरी कुल रु ३५ लाख १७ हजारको लागतमा छ वर्षअघि आयोजना निर्माण भएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement