advertisement
Send Us

भारतीय कुखुरासहित दुई पक्राउ

Click Link to Send:
Click Link to Send:

chickenविराटनगर, २३ माघ । भारतबाट भित्र्याइएका ठूलो परिमाणका कुखुरासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको कटहरि–७ बस्ने रिक्साचालकद्वय अजय राम र अनिरुद्ध रामलाई सोही गाविस–५ कदमगाछी मुसहरी टोलबाट गएराति पक्राउ गरिएको वडा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ । उनीहरुले रिक्सामा ५५० किलोबराबरको २४० वटा कुखुरा ल्याउँदै गरेको अवस्थामा पक्राउमा परेका हुन् ।

बरामद गरिएका कुखुरा आज बिहान नष्ट गरिएको छ । उनीहरुलाई पशु स्वास्थ्य ऐनअन्तर्गत कारबाही गरिने प्रहरी नायब निरीक्षक श्रेष्ठनारायण सिंहले बताउनुभयो ।

भारतमा प्रतिकिलो जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रु भारतीय ८० र नेपालमा रु २०० मा बिक्री हुने गरेकाले तस्करहरुले लुकाइछिपाइ ल्याउने गर्छन् ।

Your Opinion

Opinion

advertisement
advertisement