advertisement
Send Us

ढुवानी महँगो हुँदा सुन्तला कृषक चिन्तित

Click Link to Send:
Click Link to Send:

suntalaपैँयुपाटा (पर्वत), २३ माघ । दक्षिणी पर्वतको पाङ्राङका किसानले सुन्तला ढुवानी गर्दा धेरै खर्च व्यहोर्नु परिरहेको छ । ढुवानी महँगो हुँदा किसानले घाटा सहँदै आएका छन् ।

मूल्यभन्दा बढी रकम ढुवानीमा खर्चिने गर्दा किसानले सुन्तलाबाट नाफा कमाउन सकेका छैनन् । बर्सेनि पाङ्राङमा ४० देखि ५० टन सुन्तला उत्पादन हुने गर्छ । तर बजारसम्म पु¥याउन महँगो ढुवानी खर्च लाग्दा लगानी उठाउन समस्या परिरहेको छ ।

गाउ“सम्म पुग्ने मोटरबाटो सहज नहु“दा किसानले ढुवानीमै रु ३० देखि रु ३५ खर्चिनु परेको छ । बारीबाट सडकसम्म ल्याउँदैमा किलोमा रु आठ खर्च हुने स्थानीय किसान ताराबहादुर मल्लले बताउनुभयो । “सुन्तला बारीमा कुहाउनुभन्दा सस्तोमा बिक्री गर्न बाध्य छौँ” – उहा“ले भन्नुभयो ।

गाउ“सम्म सडक सुविधा छ । तर बर्खामा बाढीपहिरोले सडक बन्द हुन्छ । सडक समयमा मर्मत नहुँदा समस्या भएको किसानको गुनासो छ । अहिले यहा“का किसानले स्थानीय व्यापारीमार्फत सुन्तला काठमाडौँस्थित कालिमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रमा पठाउ“छन् ।

कालिमाटीमा प्रतिकिलो रु ७१ देखि रु ७६ मा बिक्री हुन्छ । तर किसानले आधाभन्दा बढी रकम ढुवानीबापत तिर्नुपर्ने स्थानीय व्यापारी दिनेश केसीले बताउनुभयो । पाङ्राङमा करिब ८० हेक्टर जमिनमा सुन्तलाखेती हु“दै आएको स्थानीय जयबहादुर श्रेष्ठले बताउनुभयो ।

बजार मूल्य राम्रो पाउन सके करिब दुई सय हेक्टरमा सुन्तलाखेती गर्न सकिने किसान बताउ“छन् । पुसको पहिलो सातादेखि सुन्तला पाक्ने भए पनि ढुवानीको समस्याकै कारण किसान एक महिना ढिलोसम्म बोटमै राख्न वाद्य छन् ।

गाउ“सम्म पुग्न बाह्रैमास सडकको व्यवस्था भए सुन्तलाबाटै बर्सेनि रु एक करोड भित्र्याउन सकिने स्थानीय किसान बताउँछन् । पा“च सय देखि १३ सय मिटर उचाइमा रहेको पाङ्राङ गाविसको अधिकांश क्षेत्र सुन्तलाका लागि उपयुक्त छ । मौसम र हावापानीले साथ दिए पनि यातायातको समस्याले किसानले आश गरेअनुसारको लाभ लिन सकेका छैनन् ।

Your Opinion

Opinion

advertisement
advertisement