advertisement
Send Us

नेपाल कप भेट्रान फुटबलका लागि तयारी पूरा

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २३ पुस । ‘स्पोर्टस फर अल’ क्लबको आयोजनामा हुने नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

आगामी शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक सङ्घका अध्यक्ष लोकबहादुर शाहीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले प्रतियोगितामा राजधानी तथा मोफसलका गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिँदै प्रतियोगिताको समापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका पूर्व खेलाडीलाई सम्मानसमेत गर्ने बताउनुभयो ।

नअकाउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मनाङ मस्र्याङ्दी क्लब, ४० प्लस नेपाल भेट्रान टोली ठमेल, आदिवासी जनजाति फुटबल टोली, सानो गौचरण नाइट किङ्ग क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।

त्यस्तै समूह ‘बी’मा त्रिभुवन आर्मी क्लब, जाउलाखेल युथ क्लब, सिएफटी चौघोडा भेट्रान टोली हेटाँैडा, क्लब मोसिस जोरपाटी, नेपाल बैँकर्स एसोसिएसन टोली र न्यूरोड टोली (एनआरटी) छन् ।

प्रतियोगितामा विजेता टोलीले रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु २५ हजार पाउनेछ । त्यस्तै प्रत्येक खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीलाई ‘म्यान अफ दि म्याच’को ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।

Your Opinion

Opinion

advertisement
advertisement