काठमाडौँ, २२ पुस । सत्य घटनामा आधारित चलचित्र ‘रक्तभोग’लाई चलचित्र जाँचबुझ समितिले सबै उमेर समूहले हेर्न पाउने ‘यु सर्टिफिकेट’ प्रदान गरेको छ ।
सो चलचित्र बोक्सीको आरोपमा चितवनको माडीमा दुई वर्षअघि विभत्स तरिकाले हत्या गरिएकी ढेगनीदेवी महतोको घटनालाई लिएर निर्माण गरिएको हो ।
उनलाई छिमेकीले बोक्सीको आरोपमा हत्या गरी रगतको भोग चढाउनुका साथै शरीरको केही भागको मासुसमेत निकालेका थिए । यो घटनालाई चलचित्रमा जस्ताको तस्तै देखाइएको चलचित्र निर्माता रामचन्द्र लम्सालले बताउनुभयो ।
चलचित्रमा केही डरलाग्दा दृश्यलाई धमिलो पारेर देखाइएको छ । करिब एक घण्टा लामो सो चलचित्र अर्को हप्ता चितवनबाट प्रर्दशन सुरु हुने भएको छ ।
चलचित्रलाई देशका विभिन्न स्थानमा ‘च्यारिटी सो’ देखाउने र बोक्सीको गलत आरोप लगाउने कथित धामी, झाँक्री, माताका विरोधमा अभियानसमेत चलाउने योजना रहेको उहाँले बताउनुभयो ।