advertisement
Send Us

दुर्घटना न्यूनीकरण गर्न चार लेन सडक निर्माण सुरु

Click Link to Send:
Click Link to Send:

forlandचितवन, ९ फागुन । चितवनको भरतपुरमा बढी दुर्घटना हुने क्षेत्रमा चाल लेनको सडक निर्माण सुरु भएको छ ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चार लेन सडक निर्माण गर्न थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

भरतपुरको चौवीसकोठीदेखि नारायणगढसम्म सवारी चाप हुने भएकाले पनि सडक निर्माणलाई प्राथमिकता दिइएको हो ।

करिब एक किलोमिटर सडक ४ लेन बनाउन लागिएको डिभिजन कार्यालयका इन्जिनियर सशाङ्क मिश्रले जानकारी दिनुभयो । उक्त सडकको लागत रु एक करोड ८९ लाख रहेको छ ।

सडक निर्माण भएपछि दुईतर्फी सवारी आवागमनका लागि खुल्ला हुने र सवारी दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख रमेशराज भेटवालले बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement