advertisement
Send Us

रमाइलो भ्यालेन्टाइन डेको दुखद इतिहास

Click Link to Send:
Click Link to Send:

Sambeg Basnetसंवेग बस्नेत ।नयां वानेश्वरमा डेरा लिएर बस्दै नेपालगंञ्जका सुवास मल्ल बिहानै मोटर साइकल सफा गर्दै थिए । अन्य दिन भन्दा अलि राम्रो संग मोटरसाइकल सफा गर्दै थिए । त्यतिकैमा मलाई जिज्ञासा लाग्यो र सोधे केहो भाइ ,आज त निकै मुडमा छौनि ,बाइक त निकै चिटिक्क पार्दै छौ । कै छ कि क्या हो ? मैले यति भन्न नपाउदै उसले तुरुन्तै जवाफ दियो ,हे दाई पनि थाहा नभए जस्तो न गर्नु न ? उसले मलाई प्रति प्रश्न गर्यो । अनि मैले भने के हो र आज ,उसले उत्साहित हुदै जवाफ दियो । आज भ्यालेन्टाइन डे के दाई ? त्यसैले बिहानै सुरसार गरेको नि । अनि मैले भने ए आज प्रणय दिवस पो हो ।

अनि मैले सोधे भाइ तिमीलाई भ्यालेन्टाइन डे किन मनाइन्छ थाहा छ ? उसले जवाफ दियो ,प्रेम प्रस्ताव गर्न अनि गलफ्रेन्ड संग घुमघाम गरी रमाइलो गर्न भ्यालेन्टाइन डे मनाइन्छ । उसको यति मात्रै जवाफले मेरो चित्त बुझेन अनि फेरी सोधे यो दिवस कसरी सुरु भयो तिमीलाई थाहा छ । उसले टाउको हल्लाउदै ,थाहा छैन को इसरा गर्यो । सुवास एक प्रतिनिधी प्रात्र मात्रै हो । कमैलाई मात्रै थाहा छ होला भ्यालेन्टाइन डे किन मनाउन थालिएको हो भनेर । भ्यालेन्टाइन डेको पछाडी एउटा दुखद इतिहास लुकेको छ भनेर तपाई हामी कमैलाई मात्रै थाहा छ होला ।

इसापूर्व २७० मा पादरी सेन्ट भ्यालेन्टाइनले प्रेम गरेकै आरोपमा मृत्यु दण्ड दिइएको सम्झनामा हरेक बर्ष फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन डे मनाइन्छ । तत्कालिन रोमन सम्राट क्लाउडिएसले प्रेम गरे सैनिक सेवा प्रभावित हुन्छ भनेर प्रेम गर्न प्रतिबन्ध लगाएका थिए । तर सन्त भ्यालेन्टाइन भने अनुसासनको दायरा भित्र गरिने प्रेमले इश्वर पनि खुसी हुन्छन भन्ने मान्यता राख्दथे । त्यसैले सन्त भ्यालेन्टाइनले क्लाउडियसको आदेशको अवेज्ञा मात्रै गरेनन युवायुवतीहरुलाई प्रेम गर्न प्रेरित गर्दै सार्वजनिक स्थलमै सामुहिक बिवाह गराइ दिए । यो कुरा रोमन सम्राट क्यालउडियसलाई मन परेन र उनले तत्कालै भ्यालेन्टाइनलाई दोषी ठहर गर्दै जेल पठाए । तर पनि भ्यालेन्टाइन कति पनि डगमगाएनन ,उनी हासी हासी जेल जान तयार भए । उनले गल्ती गरेको महसुस गरेनन किनकी उनले दुई आत्मा मिलाउने काम गरेका थिए , गल्ती गरेका थिएनन ।

भ्यालेन्टाइन जेलमा रहदा उनलाई भेटन धेरै मान्छेहरु जेलमा आउथे ,त्यस मध्येकी एक थिइन ,जेलकी छोरी । नियमित भेट हदै जादा जेलरकी छोरी र भ्यालेन्टाइन बीच पनि प्रेम हुन थाल्यो । उनीहरु एक अर्कामा नजिकी दै थिए । तर दुर्भाग्य भ्यालेन्टाइनलाई फुब्रुअरी १४ का दिन फासीको सजाय सुनाइयो । आफ्नो मृत्यु हुन भन्दा अगाडी भ्यालेन्टाइनले जेलरकी छोरीलार्ई अन्तिम संन्देश पठाए र आफु संसारबाट बिदा हुदै गरेको जानकारी गराए । उनले आफ्नो सन्देशमा जेलरकी छोरीलाई लेखेको संदेशको अन्तिममा लेखिएको थियो ,उही तिम्रो भ्यालेन्टाइन । त्यसैले प्रेम का लागि प्राण उत्र्सग गर्ने पादरी भ्यालेन्टाइनको सम्झनामा हरेक बर्ष फेब्रुुअरी १४ का दिन भ्यालेन्टाइन डे मनाउदै आइएको छ ।

यसरी दुखद घटना बाट आरम्भ भएको यो दिवस अहिले आएर धेरै परिवर्तन भैरहेको छ । अहिले प्रेम भौतिक सुख संग मात्रै तुलना गरिन्छ । त्यसैले युवायुवतीहरु आफ्ना प्रेमी प्रेमिकालाई भौतिक बस्तु उपहार दिएर प्रेम प्रकट गर्न बढि रुचाउछन । गुलावको फुल , चकलेट ,कपडा लगाएतका भौतिक बस्तु उपहार दिएर धेरै जसो युवाहरु प्रेम प्रकट गर्दछन । यो दिनमा मनपराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने गरिन्छ । बन्धनमा बांधिएका जोडीहरु घुम्न जाने सिनेमा हेर्ने जस्ता काम गरी एक आपसमा प्रेम साटासाट गर्दछन ।

तपाई पनि कसैलाई मन मनै चाहानु हुन्छ तर उसलाई भन्न सक्नु भएको छैन भने आजको दिन तपाईका लागि प्रेम प्रस्ताव राख्न उपयुक्त दिन हुन सक्छ । किनकी फेब्रुअरी १४ लाई प्रेम गर्नेहरुले बिशेष दिनका रुपमा लिने गर्दछन । र प्रेम प्रस्ताव आएपनि त्यसलाई सकारात्मक रुपमा लिदै सहर्ष स्वीकार गर्दछन ।।

Your Opinion

Opinion

advertisement
advertisement