advertisement
Send Us

इजिप्टले मुबारकविरोधी दुई सय तीस कार्यकर्तालाई आजीवन काराबासको सजाय तोक्यो

काइरो, २२ माघ । इजिप्टको अदालतले बुधबार सन् २०११ मा होसनी मुबारकको विरोधमा विद्रोह सञ्चालन गर्ने २३० कार्यकर्तालाई आजीवन कागाबासको सजाय दिने निर्णय गरेको छ । यसमा प्रमुख अभियान सञ्चालक अहमद दुमा पनि परेको न्यायिक स्रोतले जानकारी दिएको छ । अन्य नाबालिग ३९ प्रतिवादीलाई १० वर्षको कारावासको सजाय तोकिएको छ । सन् २०११ को डिसेम्बरमा […]

अम्मान, २१ माघ । आफ्ना नागरिकको इस्लामिक स्टेट आइएसले हत्या गरेपछि जोर्डन सरकारले पनि उसको थुनामा रहेकी अल कायदा आवद्ध महिलालाई मृत्युदण्ड दिएको छ । कुराको जानकारी जोर्डनी अधिकारीहरुले बुधबार गराएका छन् । ती महिला जोर्डनको जेलमा रहेकी थिइन् । उनी अल कायदासम्बद्ध एकजना बम हमलाकारी हुन् । आइएस समूहले जोर्डनलाई यदि आफ्ना नागरिकको रिहाई […]

काइरो, २१ माघ । अल–जजिराका पत्रकार मोहमद फाहमीले काइरो कारागारबाट मुक्त हुन उसका अस्ट्रेलियाली मित्र पिटर ग्रेस्टले झै इजिप्टको आफ्नो नागरिकता त्यागेको उनका परिवारले मङ्गलबार बताएका छन् । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले नोभेम्बर महिनामा विदेशी नागरिकलाई उनीहरुको मुलुक पठाउने आदेशमा हस्ताक्षर गर्नुभएपछि आफूलाई मुक्त गर्न फाहमीले आफ्नो इजिप्टको राहदानी समर्पण गरेको बताइएको छ । […]

कायरो १६ माघ । इजिप्टको उत्तरी सिनाई प्रान्तमा बिहीबार आइएसका आतङ्ककारीहरुले गरेको रकेट प्रहार र अर्काे एक आत्मघाती कारबम आक्रमणमा कम्तीमा २६ व्यक्तिको मृत्यु भएको छ । इजिप्टको प्रहरीले यस इलाकामा आइएसको नै आक्रमण भएको बताएको छ । साथै उसले इजिप्टको सेनासँग उक्त आतङ्ककारी समूहका सदस्यले सङ्घर्ष जारी राखेका पनि बताएको छ । इजिप्टका राष्ट्रपति […]

इस्लामावाद,१५ माघ । भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने भनी अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको प्रस्तावप्रति पाकिस्तानले आपत्ति जनाएको छ । हालै भएको अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणका क्रममा उहाँले सो प्रस्ताव गर्नुभएको थियो । तर सो प्रस्ताव आपत्तिजनक भएको र त्यसका विरोधमा रहेको भनी बिहीबार पाकिस्तानले आफ्नो धारणा सार्वजनिक गरेको […]

काबुल, १४ माघ । अफगानिस्तानमा राष्ट्रपति असरफ गानीले नयाँ मन्त्रिपरिषद्मा मनोनयन गर्नुभएका प्रायः व्यक्तिलाई सांसदले बुधबार अस्वीकार गरिदिएका छन् भने यसले राष्ट्रिय एकताको सरकार गठन गर्ने कार्यमा नयाँ बाधा उत्पन्न भएको अनुमान गरिएको छ । संसदको तल्लो सभाले राष्ट्रपति गानीले मनोनयन गर्नुभएका २५ व्यक्तिमध्ये १८ व्यक्तिका विषयमा मन्त्री पदका लागि भएको मतदानमा १० व्यक्तिलाई अस्वीकार […]